राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच छलफल

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच छलफल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आज शुक्रवार शीतल निवासमा राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता भएको हो ।

भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

हिजो मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछानेबीच पाँच घण्टा छलफल भएको थियो । प्रधानमन्त्री बालेनको भारत भ्रमण पछि रवि–बालेनको यो पहिलो भेट थियो । सरकारले संसद्को हिउँदे अधिवेशन छिट्टै संचालन गर्ने तयारी गरेको छ ।