नेपाली क्रिकेटः भुर्तेल र ऐरीको ब्याटिङ वरीयतामा सुधार

नेपाली क्रिकेटः भुर्तेल र ऐरीको ब्याटिङ वरीयतामा सुधार


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ अद्यावधिक अनुसार टी–ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा रहेका छन् । बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा पुगेका छन् । दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहेका छन् ।
यस्तै ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।