मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु


ग्लोब नेपाल
162
Shares

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौँडा लगिएको उनले बताए । बस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

उनका अनुसार बस दुर्घटनामा ६ जनाको मृत्यु भएको र अहिले प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । केही बसभित्र थिचिएको आशंका प्रहरीले गरेकाे छ ।

जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । बस दुर्घटनाले अहिले छोटो मार्ग अवरुद्ध भएको छ ।