लोसपाका सचेतक अरगरिया एमाले प्रवेश

लोसपाका सचेतक अरगरिया एमाले प्रवेश


ग्लोब नेपाल
54
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छ्न्।

धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे । अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। १४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

उनले केही समययता एमालेमा प्रवेश गर्ने तय भइसकेको थियो।