नेप्सेमा अभियान लघुवित्तको कारोबार सुरू

नेप्सेमा अभियान लघुवित्तको कारोबार सुरू


ग्लोब नेपाल
54
Shares

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलो कारोबार सुरु गरेको अभियान लघुवित्तको स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा कारोबार भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीको कारोबार अधिकतम रेञ्जबाट सुरू भएको हो । शुक्रबार कम्पनीको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।