सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’

अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । विस्तृत जानकारी तथा शर्तहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इिजी बै‌क पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।