‘बाबरी’ को युरोप राइट्स बिक्री

‘बाबरी’ को युरोप राइट्स बिक्री


ग्लोब नेपाल
297
Shares

काठमाडौं । यही असोज १४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘बाबरी’ को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । सुरेनद्र पौडेल निर्देशित फिल्मको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्रि भैसकेको छ । हालै फिल्मको युरोप राइट्स पनि बिक्रि भएको निर्माण टिमले बताएको छ ।

फिल्मको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र डिजिटल राइट्स किनेको कम्पनि केन्द्र मोशन पिक्चर्सले खरिद गरेका छन् । यी दुई कम्पनिले फिल्मको राइट्स किनेकाले अब युरोपमा फिल्म रिलिज गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सम्पर्क गर्न निर्माण टिमले जानकारी दिएको छ ।

फिल्मको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइट निर्माण गरेकाले पनि विदेशमा राम्रो माग भैरहेको निर्देशक सुरेन्द्र पौडेलले बताए । बुधबारदेखि निर्माण टिम दर्शक साक्षात्कार गर्न मोफसलका विभिन्न शहरमा पुगेको छ ।

फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।