उम्मेदवार बन्न नपाउने भएपछि एमाले सल्लाहकार समिति सदस्य यादवले पार्टी छाडे

उम्मेदवार बन्न नपाउने भएपछि एमाले सल्लाहकार समिति सदस्य यादवले पार्टी छाडे


ग्लोब नेपाल
54
Shares

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु ।’ 

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न चाहेनन् । स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रुपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।