२० वर्षमा १४ लाख महिलाले गराए सुरक्षित गर्भपतन

२० वर्षमा १४ लाख महिलाले गराए सुरक्षित गर्भपतन


ग्लोब नेपाल
189
Shares

काठमाडौं । गर्भपतनले कानूनी मान्यता पाएको २० वर्ष पुरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १४ लाख महिलाले यो सेवा लिएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने ४ हजारभन्दा बढी सूचीकृत सेवाप्रदायक रहेका छन् भने १ हजार पाँच सय संस्थामार्फत ती सेवाप्रदायकले सेवा उपलब्ध गराईरहेका छन् ।

तर अझै पनि ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसको सन्दर्भमा जारी गरेको विज्ञप्ती सो कुरा उल्लेख छ ।

नेपालमा गर्भपनतको कानुनी मान्यता भएपनि हाल ४२ प्रतिशत महिलाहरुले मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको उक्त विज्ञप्तीमा उल्लेख छ । कुल गर्भपतन गराएको महिला मध्ये ५८ प्रतिशत महिलाहरूले असुरक्षित रुपमा गर्भपतन गरिएको तथ्याङ्क रहेको महाशाखाले विज्ञप्ती मार्फत जनाएको छ ।

नेपालमा २०५९ असोज १० गते मुलुकी ऐनको ११औँ संशोधन गरी गर्भपतनलाई कानूनी मान्यता दिइएको थियो । कानूनी मान्यता पाएको दिनलाई सुरक्षित गर्भपतन सेवा दिवसका रूपमा २०७२ सालदेखि मनाउन थालिएको हो ।