एक हप्तामै २६ अर्ब १४ करोड रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

एक हप्तामै २६ अर्ब १४ करोड रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप


ग्लोब नेपाल
189
Shares

काठमाडौं । असोज पहिलो सातामा नै देशका २६ वटा वाणिज्य बेंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ।

भदौदेखि बढ्न थालेको बैंकहरुको निक्षेप संकलन असोजमा पनि बढ्दो क्रममा देखिएको छ। एक सातामै बाणिज्य बैठकहरुले २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप थपेका हुन्। नेपाल बैंकर्स संघले जारी गरेको विवरणअनुसार असोज पहिलो साता अर्थात् ७ गतेसम्म २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन थप गरेका हुन्।

भदौ अन्तिम दिनसम्ममा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन असोज पहिलो साता अथार्त असोज ७ गतेसम्ममा ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप उच्च दरले बढेपनि कर्जा लगानी भने खासै बढेको छैन। असोज पहिलो साता बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ। असोज ७ गतेसम्ममा कर्जा लगानी १४ खर्ब ९४ अर्ब रुपैयाँ छ।

भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा असोज ७ गते आइपुग्दा ४१ खर्ब ९४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार भने साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो।

२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६।९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो।

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ। २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो।

त्यस्तै साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थाको प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो।