राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ बजारमा पठाउँदै

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ बजारमा पठाउँदै


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निकै लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रुपैयाँ म बजारमा पठाउन लागेको हो । त्यसका लागि राष्ट्र बैंकले बिहिबार (आज) दिउँसो अक्सन (बोलकबोल)का लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । खासगरी हिन्दुहरूको चाड दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको हो ।

बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो ।