आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने


ग्लोब नेपाल
162
Shares

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजो विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो ।

यस्तै उपविजेताले त्यसको आधा अर्थात् ८ लाख अमेरिकी डलर पाउने छन् भने सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने छन् । विश्वकपमा कुल ५ दशमलव ६ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।