मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि हाेइन । बलिउडका यि कलाबार बारे जानाै जाे पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् ।
रणवीर कपुर
रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए । तर, अहिले उनी पूर्ण रुपमा शाकाहारी बनेका छन् । हालका दिनमा उनी वीगन डाइटमा छन् ।
भूमि पेडनेकर
कोरोनाको लकडाउन अघिसम्म अभिनेत्री भूमि मांसाहारी थिइन् । तर, कोरोनालगत्तैको लकडाउनले उनलाई शाकाहारी बनाइदियो । घरमै बस्नुपर्ने भएका कारण उनले आफूलाई पूर्ण रुपमा शाकाहारी बनाइन् । शाकाहारी बनेपछि शरीरमा आएको परिवर्तनप्रति उनी खुशी छिन् ।
रितेश देशमुख
रितेशले दुई वर्षअघि मात्र ननभेज त्यागेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले गरेको निर्णय फ्यानलाई जानकारी दिएका थिए । उनी अहिले शाकाहारी जीवनशैलीमा रमाइरहेका छन् ।
शिल्पा सेठ्ठी
आफ्नो फिटनेसका लागि चिनिएकी शिल्पाले सन् २०२० मा मांसाहारी भोजनबाट सन्यास लिइन् । फिटनेसकै कारण उनले शाकाहारी भोजनलाई अपनाइन् ।
जोन अब्राहम
जोनले कैयौं वर्षअघि मांसाहारी परिकारबाट आफूलाई अलग्गै राखेका छन् । उनले बलिउडमा पाइला चाल्नुअघि नै मांसाहारी परिकारलाई त्यागेर शाकाहारी भोजन अपनाइसकेका थिए ।
कंगना रनावत
कंगना मुम्बई आउनुअघि मांसाहारी थिइन् । तर मुम्बई आएपछि उनी पूर्ण रुपमा शाकाहारी बनिन् ।
आलिया भट्ट
आलियाले सन् २०२० देखि मांसाहारी भोजन त्यागिन् । मांसाहारी भोजनको शौखिन उनले मांसाहारी परिकार त्याग्दा सबैजना चकित परेका थिए । तर अहिले भने उनको यो निर्णयले परिवार खुशी छन् ।
शाहिद कपुर
शाहिद कुनै बेला मांसाहारी भोजनको शौखिन थिए । तर, पिता पंकज कपूरले दिएको एक पुस्तक पढेपछि उनी पूर्ण रुपमा शाकाहारी बने ।
प्रतिक्रिया