भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका


ग्लोब नेपाल
729
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।

भाइको शोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरूलाई पनि टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन् ।