काठमाडौं । नेकपा एमालेले समानुपातिक बन्दसूचीमा होली वाइन काण्डमा जोडिएकादेखि आफन्तका नातेदारसम्मलाई समेटेको छ ।
एमालेको सार्वजनिक बन्दसूची अनुसार खस आर्य पुरुषतर्फ रघुजी पन्तको नाम १ (समग्रमा १८) नम्बरमा छ । त्यसपछि परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । परिवार दलले सूर्य चिह्नमा मत माग्ने गरी एमालेसँग सहकार्य गरेको छ। ढकाल तिनै पात्र हुन्, जो होली वाइन प्रकरणमा जोडिएका नेपालका मुख्य व्यक्ति थिए ।
उस्तै, खस आर्यको महिलातर्फ पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई एमालेले राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो नम्बरमा छन्। अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको नाम नवौं नम्बरमा छ ।
आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा नैनकला थापाको नाम छ । थापा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी हुन् । कुल ११० जनासम्मको नाम बुझाउन सकिने भएपनि एमालेले १०९ जनाको नाम बुझाएको छ ।
हेर्नुहोस्, सूची :
- मेनकाकुमारी पोखरेल
- सरिता भुसाल
- शोभा ज्ञवाली
- विजुला रायमाझी
- निर्मला कोइराला
- सम्झना थपलिया
- दीपा शर्मा
- सुनिता बराल
- भागरथी कुमारी चन्द
- लिलाकुमारी भण्डारी
- नर्वदादेवी शिवाकोटी पाठक
- मेनका पछाई
- शान्तिदेवी खनाल
- उमादेवी कोइराला
- क्रान्ति बुर्लाकोटी
- बालिकाकुमारी गिरी
- ओमदेवी मल्ल
- रघुजी पन्त
- एकनाथ ढकाल
- कुमार दसौंदी
- दयालबहादुर शाही
- खिमलाल पोखरेल
- मुक्तिप्रसाद पाठक
- शम्भुप्रसाद गौतम
- मोहनलाल शर्मा
- गेहेन्द्रप्रसाद दाहाल
- गोबिन्दप्रसाद दुलाल
- कुलबहादुर आचार्य
- रामशरण प्याकुरेल
- प्रेमकुमार पराजुली
- गोरखबहादुर बोगटी
- प्रेमबहादुर सिंह
- पुरुषोत्तम न्यौपाने
- विदुर कार्की
- नैनकला थापा मगर
- सूर्यकुमारी श्रेष्ठ
- उर्मिला थेवे
- ईश्वरी घर्ति
- रणकुमारी बलम्पाकी मगर
- शान्ति श्रेष्ठ
- सरस्वती सुब्बा
- अन्जान शाक्य
- निरमाया पुलामी
- निरमाया पुलामी
- अमृता सुब्बा लिम्बु
- तारादेवी गुरुङ
- सुवर्ण श्रेष्ठ
- गंगाकुमारी गुरुङ (कुँवर)
- मीना बरामु
- हिरादेवी पुन
- ताराकुमारी विष्ट शाक्य
- देवीप्रकाश भट्टचन
- हेमराज राई
- कालुराम राई
- भीमबहादुर खवास
- सरोज डंगोल
- विशमलाल अधिकारी दनुवार
- टंक आङबुहाङ लिम्बु
- बाबुलाल डंगोल
- शिवकमार गुरुङ
- मोनीराम सुनुवार
- नरेन्द्रकुमार श्रेष्ठ
- नवीन रोका मगर
- लालबहादुर गुरुङ
- नाम्गेल शेर्पा
- महेन्द्रबहादुर थकाली
- हुमबहादुर गुरुङ
- अस्माकुमारी चौधरी
- शान्ति चौधरी
- लक्ष्मीदेवी दगोरा चौधरी
- कमला चौधरी
- जञ्जिरप्रसाद चौधरी
- फूलसिंह थारु
- रुक्मणी राना बराइली
- हर्कमाया विश्वकर्मा
- इन्दिराकुमारी पन्थी
- अञ्जु प्रसाईं बर्देवा
- अञ्जु नेपाली
- लक्ष्मी लुहार विश्वकर्मा
- दुर्गाकुमारी पासवान
- बिन्दू विश्वकर्मा
- ईश्वरबहादुर रिजाल विक
- प्रभु हजारा दुसाध
- चन्द्रबहादुर विश्वकर्मा
- बाबुराम नेपाली
- तुलसीप्रसाद पासी
- चर्चबहादुर विश्वकर्मा
- बेगमबहादुर विश्वकर्मा
- वीना देवी
- अमृतादेवी अग्रहरी
- प्रतिक्षा तिवारी मुखिया
- यशोदा कुमारी
- बुधनादेवी महतो नुनिया
- आशा चतुर्वेदी
- चन्दन साह
- पारोदेवी भिन्दवार
- रेखाकुमारी झा
- गंगाप्रसाद यादव
- अमृतलाल राजवंशी
- उपेन्द्रप्रसाद साह
- रामलाल साह
- अमर राउत यादव
- दानबहादुर कुर्मी चौधरी
- प्रमोदनारायण यादव
- अरबिन्द साह
- रुही नाज
- साजिदा खातुन सिद्दिकी
- सैहरा खातुन
- सराज अहमद फारुकी
प्रतिक्रिया