काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ उठ्ने उम्मेदवारहरुको शनिबार मात्र टुंगो लगाउने भएको छ । त्यसकालागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा गठबन्धनमा भएको सहमतिका साथै पार्टीका तर्फबाट चुनाव लड्ने उम्मेदवारको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।
प्रतिक्रिया