ओखलढुंगा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा पाँच दलिय गठबनधनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले टिकट पाएका छन् । त्यसैगरी प्रदेश ‘क’ मा नेपाली कांग्रेसका प्रदिप सुनुवार र प्रदेश ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतमले टिकट पाएका छन् ।
त्यसैगरी नेकपा एमालेले प्रतिनिधि सभाका लागि निवर्तमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाएको छ । सुनुवारले यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडालाई पराजित गरेका थिए ।
यस्तै, एमालेले प्रदेशसभा ‘क’ मा अमिरबहादुर गुरुङ र प्रदेश सभा ‘ख’ ज्ञानबहादुर खड्कालाई एमालेले उम्मेदवार बनाएको छ । गुरुङ निवर्तमान प्रदेश १ का प्रदेश सांसद समेत हुन् । नेकपा एमालेका नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्री हुँदा गुरुङ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका हुन् ।
प्रतिक्रिया