गण्डकी प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

गण्डकी प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित


ग्लोब नेपाल
405
Shares

पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन ।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दिपक मनाङेको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने ।

मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले मनाङेलाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए ।