स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गरे कारबाही हुने

स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गरे कारबाही हुने


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचार-प्रसारमा लागेमा कारबाही गर्ने बताएकाे छ । कतिपय स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।