काठमाडौं । आइतबार निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् ।
जोशीलाई श्रद्धाञ्जली दिन महानगर परिसर पुगेका प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका छन् ।
यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ पनि जोशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका छन् । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको नगर प्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा पार्थिव शरीर ललितपुर महानगरको कार्यालयमा पुर्याइएको हो ।
महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।
जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया