जनसम्पर्क समिति,अमेरिकाको केन्टकी च्याप्टरलाई पूर्णता

जनसम्पर्क समिति,अमेरिकाको केन्टकी च्याप्टरलाई पूर्णता


ग्लोब नेपाल
5.1k
Shares

न्युय्योर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाअन्तर्गत केन्टकी राज्यमा गठित च्याप्टरलाई पूर्णता दिइएको छ। च्याप्टरका सभापति सुधीर ओझाले दिएको जानकारी अनुसार, सोही राज्यमा रहेका नेपाली कांग्रेसका सदस्यहरुसँगको छलफलपछि च्याप्टरका गतिविधिलाई तीव्रता दिन आफु मातहतको समितिलाई पूर्णता दिइएको हो।

च्याप्टरको पूर्ण कार्य समिति विस्तारका लागि सभापति ओझाले आफुले केन्द्रीय सभापति आनन्द विष्टसँग पनि परामर्श गरेको र सभापति विष्टको समेत सहमति लिई च्याप्टर नेतृत्वलाई पूर्णता दिइएको हो। जस अनुसार, च्याप्टर उपसभापतिमा राम आचार्यलाई जिम्मेवारी दिइएको छ। यसैगरी सचिवमा गुरु पाठक र सहसचिवमा मीना भट्टराई रहेका छन् भने मणि भट्टलाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिइएको छ।

च्याप्टर कार्य समितिका सदस्यहरुमा बृजेश यादव, कृष्ण निरौला, यशवंत ठाकुर, डिल्ली गुरूङ, भारतबाबू पोखरेल, ओम कुँवर, पारस चन्द र शिवकुमार राउत रहेका छन्। च्याप्टरलाई पूर्णता दिएसँगै आफूहरु सांगठनिक रुपमा अझ बढी क्रियाशील भएर काम गर्ने समेत सभापति ओझाको भनाई छ। ‘कांग्रेसजनलाई समेट्ने हो, पार्टीको आदर्शप्रति निष्ठावान साथीहरुलाई समितिको गतिविधिमा आवद्ध गराएर आफू बसेको समाजमा जनसम्पर्क समितिको गरिमा र आपसी भाइचारा बढाउने हो’ सभापति ओझाले भनेका छन्।