रुपन्देही २ मा जनमुक्तिका केशव थापालाई सत्ता गठबन्धनको समर्थन

रुपन्देही २ मा जनमुक्तिका केशव थापालाई सत्ता गठबन्धनको समर्थन


ग्लोब नेपाल
351
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि जनमुक्ति पार्टीका थापालाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधवार वक्तव्यमार्फत जनाएका छन् ।

बुधबार गठबन्धन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।