महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू


ग्लोब नेपाल
54
Shares

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका-८ मा दुई समुदायबीच झडप पश्चात अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले साम्प्रदायिक दंगाको स्थिति उत्पन्न भएपछि महोत्तरीको भंगाहा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन् । हिन्दू सेना सम्राट नेपाल र मुस्लिम समुदायका युवाबीचको झडपले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।

तनावका कारण बिहीवार अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टी- १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।