काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली उनको खुट्टामा लागेको बताइएको छ । उनी संलग्न एक कार्यक्रममा अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।
७० वर्षीय खानले तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा जुलुसको नेतृत्व गरिरहेका थिए । एक वरिष्ठ सहयोगीले एएफपी समाचार एजेन्सीलाई भने, ‘यो उनलाई मार्ने प्रयास थियो, उनको हत्या गर्ने प्रयास थियो ।’ खानलाई उपचारका लागि घटनास्थलनजिकैको अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया