अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

अमेरिकामा आज संसदीय निर्वाचन हुँदै



अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् ।

यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

मतदातकै दिनसम्म राष्ट्रपति जो बाइडेनसहित पूर्व राष्ट्रपति बाराक ओबामा सत्तारुढ डेमोक्रेट पार्टीको प्रचारमा जुटेका छन् भने रिपब्लिकनका चुनावी र्‍यालीहरुको अगुवाइ पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यकालको पहिलो वर्षको आखिरीतिर मिडटर्म निर्वाचन हुने भएकाले अमेरिकामा यो चुनावलाई राष्ट्रपतिको लोकप्रियता मापनको माध्यम पनि मान्ने गरिएको छ ।

डेमोक्र्याट्स्हरुले चुनाव हार्ने प्रक्षेपण भईरहेको बेला राष्ट्रपति बाइडेनले भने आवधिक चुनाव जनमत संग्रह हुन नसक्ने भन्दै जनतालाई विकल्प छान्ने अवसरको रुपमा मात्रै लिनुपर्ने बताउनुभएको छ ।