फिफा विश्वकपका लागि अमेरिकी टीम घोषणा

फिफा विश्वकपका लागि अमेरिकी टीम घोषणा



क्यालिफोर्निया । फिफा विश्वकप २०२२ का लागि अमेरिकाले २६ सदस्यीय अन्तिम टीमको घोषणा गरेको छ। कतारमा १० दिनपछि सुरु हुने विश्वकपका लागि अमेरिकी टीमका मुख्य प्रशिक्षक ग्रेग बर्हाल्टरले आफ्नो टीम सार्वजनिक गरेका हुन् । विश्वकपको समूह ‘बी’मा परेको अमेरिकाले नोभेम्बर २२ मा आफ्नो पहिलो खेलमा वेल्ससँग खेल्ने छ। यस्तै, नोभेम्बर २६ मा इङ्ल्यान्ड र नोभेम्बर ३० मा इरानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

अमेरिकी टीम
गोलकिपर :
इतान होर्भाथ, सिन जोन्सेन, म्याट टर्नर
डिफेन्डर : क्यामरोन कार्टर–भिक्कर्स, सर्जिनो डेस्ट, आरोना लङ्ग, शाक मुर, टीम र्याम, एन्टोनी रोबिन्सन, जो स्काली, डिएन्ड्रे येड्लिनि, वाल्कर जिमरम्यान
मिडफिल्डर : ब्रेन्डेन आरोनसन, केलिन एकोस्टा, टेलर आडम्स, लुका डे ला टोरी, वेस्टन म्याकेनेनी, युनुस मुसा, क्रिस्टियन रोल्डान
फरवार्ड : जेजुस फेरेरा, जोर्डन मोरिस, क्रिस्टियन पुलिसिच, जियो रेयना, जोस सर्जेन्ट, टीम वेह, हाजी राइट