भारतलाई हराउँदै इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपको फाइनलमा

भारतलाई हराउँदै इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपको फाइनलमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । एलेक्स हेल्स र कप्तान जोस बटलरले शानदार ब्याटिङ गरेपछि भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना क्षती पूरा गरेको हो ।इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो । अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो ।इंग्ल्यान्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए।