आशिकी पोस्टरमा किन लुकाइए राहुल र अनु ?

आशिकी पोस्टरमा किन लुकाइए राहुल र अनु ?



मुम्बई । अभिनेता राहुल रोय र अभिनेत्री अनु अग्रवालको फिल्म ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म र यसको गीतले ३२ वर्षपछि पनि त्यति नै चर्चा कमाएको छ, जति रिलिजको समयमा थियो ।

फिल्मले ३२ वर्ष पुरा गरेको मौका पारी फिल्मका अभिनेता राहुल रोय, अभिनेत्री अनु अग्रवाल र अर्का अभिनेता दीपक तिजोरीसँगै गायक कुमार गायन रियालिटी शो ‘इण्डियन आइडल १३’मा पुगेका थिए । यही समयमा कुमार सानुले फिल्मको पोस्टरसँग जोडिएको एक किस्सा सुनाए ।

महेश भट्ट निर्देशित फिल्मले राहुल र अनुको अनस्क्रिन प्रेमकथा देखाएको थियो । फिल्ममा कुमार सानू, उदित नारायण झा, नितिन मुकेश र अनुराधा पौडेलको स्वर थियो । कुमारका अनुसार उनले र निर्माता गुलशन कुमारले फिल्मको पोस्टरबारे एक निर्णय लिएका थिए ।

‘गुलशनजीका साथ फिल्मको पोस्टरमा चर्चा भइरहँदा हामीले नयाँ कलाकारलाई सस्पेन्समा राख्न चाहन्थ्यौं । त्यति बेला कलाकारको अनुहार कोटमा लुकाउन सके उनीहरुलाई कसैले चिन्न सक्दैनन् भन्नेमा हामी ढुक्क थियौ । यसपछि फिल्म बन्यो र ब्लकबस्टर साबित भयो’, कुमारले भने ।