पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित


ग्लोब नेपाल
135
Shares

काठमाडौं । घरेलु टोली नेपाल संयुक्त अरब इमिरेन्ट्स (युएई) सँगको एक दिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको छ।

नेपाललाई ८४ रनको फराकिलो अन्तरले हराएसँगै युएईले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ। युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन । एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए । कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भए ।

गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए। युएईका आयन अफ्जल खानले ४ विकेट लिए।बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए । अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।