नेपालले युएईलाई ३ विकेटले हरायो

नेपालले युएईलाई ३ विकेटले हरायो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपालले एकदिवसय अन्तराष्ट्रिय क्रिकेटमा युनाईटेड अरब इमिरेट्स (यूएई) लाई ३ विकेटले पराजित गर्दै तीन खेलको श्रृङखला १–१ को बराबरी गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ । युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएर पूरा गर्यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै आरिफ शेखले अविजित ३३ रनको योगदान दिदा सोमपाल कामी १६ रनमा अविजित रहे ।

कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे । आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले सुन्य रन बनाए ।

यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै अलिसान सरुफले ३५ रन बनाउँदा अरविन्दले २५ तथा बसिल हामेदले २४ रन बनाए । नेपालका लागि बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । त्यस्तै करन केसी, गलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।