काठमाडौं । निर्वाचन आयोगले आइतवार भएको प्रतिनिधि सभा तथा प्रदेशभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताएका छन्। थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन्। तर यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए। तर यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए।
निर्वाचन आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ।
प्रतिक्रिया