सोलुखुम्बुको पत्ताले बजार पर्यटकका लागि सुन्दर गन्तव्य (फोटो फिचर)

सोलुखुम्बुको पत्ताले बजार पर्यटकका लागि सुन्दर गन्तव्य (फोटो फिचर)



ओखलढुंगा । ओखलढुंगा र सोलुखुम्बु जिल्लाको सिमानामा पर्ने पत्ताले बजार आन्तरिक र बाह्य पर्यटकका लागि एक सुन्दर गन्तव्य हो । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनौँ हिमश्रृखलाहरु आँखै अगाडी देख्न सकिन्छ ।

विहानीको सूर्योदय र मनैलोभ्याउने मनोरम हिमालको दृश्य हेर्ने , हिउँ खेल्न आन्तरिक पर्यटकहरु यहाँ आउने गरेको छन् । यहाँबाट लिखुपिके, सल्लेरी, दुधकुण्ड एवंम् लुक्ला हुँदै नाम्चेसमेत जान सकिन्छ । पर्यटनको अपार सम्भावना बोकेको पत्तालेमा होटल पूर्वाधारमा अझै धरै लगानि गर्नु पर्ने देखिन्छ ।