मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने

मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं। नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनअनुसार राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुनेछ । त्यसपछि मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ ।

त्यस्तै, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने आचार्यले जानकारी दिए ।