ओखलढुंगाबाट लोकप्रिय मतसहित खतिवडा विजयोन्मुख

ओखलढुंगाबाट लोकप्रिय मतसहित खतिवडा विजयोन्मुख



ओखलढुंगा । ओखलढुंगाबाट लोकप्रिय मतसहित गठबन्धनका उम्मेदवार रामहरि खतिवडा विजयोन्मुख भएका छन् । पछिल्लो मत परिणामअनुसार खतिवडाले २२ हजार १ सय ७१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यज्ञराज सुनुवारले १६ हजार ९ सय १६ मत पाएका छन् । उनीहरु बीचको मतान्तर ५ हजार २ सय ५५ पुगेको छ ।

यतिबेला सुनकोशी गाउँपालिकाको मत गणना भइरहेको छ भने सिद्धिचरण नगरपालिकाको मत गणना हुन बाँकी छ । यी दुवै पालिकामा कांग्रेसको संगठन मजबुत मानिन्छ । त्यसैले खतिवडा र सुनुवारबीचको मतान्तर अझ फराकिलो हुने अनुमान गरिएको छ ।

ओखलढुंगाको प्रदेशतर्फ गठबन्धनको दुवै उम्मेदवार विजयी भएका छन् । प्रदेश (१) मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप सुनुवार १४ हजार ९ सय १६ मत ल्याएर निर्वाचित भए भने (२) मा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतमले १५ हजार ७ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् ।