काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् ।
बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
भट्टराईले २१ हजार ६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुढाथोकीले २० हजार ८६५ मत ल्याएका छन् ।
प्रतिक्रिया