जसपाको पहिलो जित, पर्सा-४ मा प्रदीप यादव विजयी

जसपाको पहिलो जित, पर्सा-४ मा प्रदीप यादव विजयी


ग्लोब नेपाल
0
Shares

वीरगञ्ज । पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० बढी मत ल्याएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।