गुल्मी २ मा एमालेको ‘क्लिन स्विप’

गुल्मी २ मा एमालेको ‘क्लिन स्विप’


ग्लोब नेपाल
5.6k
Shares

गुल्मी । गुल्मी क्षेत्र न २ सहित दुवै प्रदेशमा नेकपा एमाले विजयी भएको छ।

एमालेका सचिव गोकर्ण बिष्टले २८ हजार ५८५ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन्। त्यस्तै गठबन्धनकि रामकुमारी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्।

त्यस्तै गुल्मी क्षेत्र न २ (क) मा एमालेका डिल्लीराज भुसाल बिजयी भएका छन्। भुसालले १४ हजार १३० मत प्राप्त गर्दै गठबन्धनका उमेदवार भुवन प्रसाद श्रेष्ठलाई पराजित गरेका छन्। श्रेष्ठले १३८८० प्राप्त गरेका छन ।

त्यस्तै गुल्मी क्षेत्र न २ (ख) मा एमालेकै दिनेश पन्थी विजयी भएका छन्। उनले गठबन्धनका उमेदवार बुद्धि जिसीलाई पराजित गरेका हुन्। पन्थीले १३ हजार ९२९ र जिसिले १३ हजार ८१९ मत प्राप्त गरेका छन्।