दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज (बुधबार) सर्वोच्च अदालतमा पहिलो (प्रारम्भिक) सुनुवाइ हुँदैछ। उनको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ ।

मन्त्रिपरिषद्ले १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए ।

मन्त्रिपरिषद्को निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दाबी सहितकार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तिहार र छठको बिदापछि मंगलबार अदालत खुलेसँगै अदालत प्रशासनले आज (बुधबार)का लागि नयाँ मिति तोकेको हो ।