प्रदेशसभाको प्रत्यक्षतर्फ १२६ स्थानको मत परिणाम प्राप्त

प्रदेशसभाको प्रत्यक्षतर्फ १२६ स्थानको मत परिणाम प्राप्त


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रदेशसभातर्फको मतगणना पनि जारी छ । हालसम्म १११ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार ६३ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ । ३१ स्थानमा एमाले विजयी हुँदा माओवादी केन्द्रका २० प्रदेश सभा सदस्यले विजय हासिल गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारहरु ६ स्थानमा विजयी हुँदा जसपा र जनमत दलले समान ४ स्थानमा विजय प्राप्त गरेको छ । प्रदेशसभातर्फ लोसपाले ६, नेकपा एस, नागरिक उन्मुक्ती पार्टी र राप्रपाले २/२ स्थानमा विजयी भएका छन् । नेपाल समाजवादी पार्टीले एक प्रदेश सभा सदस्य जितेको छ ।