प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७।७२ अंक घटेर १९२१.९९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७०० अंक बढेर १९२२.७२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ७ लाख ६६ हजार ८७३ रुपैयाँ ५० पैसा बराबरको २ हजार ४८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।