प्रतिनिधिसभाका ७५ सिटको नतिजा सार्वजनिक, कांग्रेस २९, एमाले १७, अन्य २७ (सूचीसहित)

प्रतिनिधिसभाका ७५ सिटको नतिजा सार्वजनिक, कांग्रेस २९, एमाले १७, अन्य २७ (सूचीसहित)


ग्लोब नेपाल
3.3k
Shares

काठमाडौं । बिहीबार बिहानसम्म प्रतिनिधिसभाका ७५ सिटको नतिजा आएको छ । अब ९० सिटको नतिजा आउन बाँकी छ । अहिलेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले २९ सिट जितेको छ भने २७ सिटमा अग्रता लिइरहेको छ । नेकपा एमालेले १६ सिट जितेको छ भने २८ सिटमा अग्रता लिइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित बनेका छन् भने महासचिव शंकर पोखरेल झिनो मतले दोस्रो स्थानमा छन् ।

नेकपा माओवादी केन्द्रले ८ सिट जितेको छ भने ९ सिटमा अग्रता लिइरहेको छ । अध्यक्ष पुष्पकमल दाहालले जितेका छन् भने महासचिव देव गुरुङ लमजुङबाट पराजित भएका छन् ।

नेकपा एकीकृत समाजवादीले ७ स्थानमा जितेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ । रौतहटबाट उठेका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ सिट जितेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ । पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचित भएका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जसपाले १, राष्ट्रिय जनमोर्चाले १, लोकतान्त्रिक समाजवादीले १, नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेका छन् । बर्दियाबाट स्वतन्त्र उम्मेदवार एक जनाले जितेका छन् । अहिलेसम्मको नतिजा हेर्दा संसदमा १२ दलको उपस्थिति भइसकेको छ ।

बिहीबार बिहानसम्मको चुनावी नतिजा यस्तो छ–

नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा– मोहन आचार्य
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा– रामहरि खतिवडा
१५. झापा १– विश्वप्रकाश शर्मा
१६. पर्सा १– अजयकुमार चौरसिया
१७. गोरखा १– राजेन्द्र बजगाई
१८. म्याग्दी– खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री
२४. दैलेख २- दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. सिन्धुली १– श्यामकुमार घिमिरे
२७. तनहुँ १ – रामचन्द्र पौडेल
२८. बाँके ३– किशोरसिंह राठोर
२९. नवलपरासी पूर्व १- शशांक काेइराला

नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५‍‍ .झापा २– देवराज घिमिरे
६. झापा ५– केपी शर्मा ओली
७. ताप्लेजुङ– योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची– टोपबहादुर रायमाझी
१०. प्युठान– सूर्य थापा
११. मकवानपुर २– महेशकुमार बर्तौला
१२. कास्की २– विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ – बासुदेव घिमिरे
१६. झापा ४– लालप्रसाद (एलपी) साँवा लिम्बू
१७. सोलुखुम्बु–मानवीर राई

नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली २- लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा

नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी– प्रेमबहादुर आले
६. बझाङ– भानुभक्त जोशी
७.रौतहट १– माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने

राष्ट्रिय प्रजातन्त्र पार्टी–
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही

जनता समाजवादी पार्टी
१. पर्सा १ – प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी

जनमत पार्टी
१. सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा
बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया २– लालवीर चौधरी