ओली र दाहालबीच टेलिफोन वार्ता, सहकार्य गर्ने एमालेको प्रस्ताव

ओली र दाहालबीच टेलिफोन वार्ता, सहकार्य गर्ने एमालेको प्रस्ताव


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा ओलीले दाहाललाई सहकार्यको प्रस्ताव राखेका छन् । त्यसभन्दा अघि अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर निर्वाचित भएकोमा बधाइ दिएका थिए । देउवासँगको टेलिफोन संवादमा बधाइ आदान–प्रदान मात्र भएको थियो, राजनीतिका बारेमा कुनै कुराकानी भएको थिएन ।

केपी ओलीले फोन गरेर जितका लागि दाहाललाई बधाइ दिएको र दाहालले पनि बधाइ ज्ञापन गरेको दाहालको सचिवालयले बताएको छ । लामो समयदेखि ओली र दाहालबीच सम्बन्ध चिसिएका बेला बिहीबार फोन वार्ता भएको हो । आम निर्वाचनको परिणामले कसैको पनि बहुमत नआउने स्थिति देखिएपछि एमाले र माओवादी अध्यक्षबीच भएको यो फोन वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच पनि टेलिफोन संवाद भएको छ । संवादका क्रममा हालको गठबन्धनलाई कायम राखेर अगाडि बढ्नेबारे कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।