समानुपातिकमा एमालेले कटायाे सात लाख मत, अरुकाे कति ?

समानुपातिकमा एमालेले कटायाे सात लाख मत, अरुकाे कति ?

नेकपा (एस) को कति


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले ७ लाख १७ हजार १ सय २ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ लाख ८१ हजार ७ सय मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ३ लाख ४० हजार १८१ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को ३ लाख १६ हजार ३१६, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ लाख ८५ हजार १५२, जनता समाजवादी पार्टी नेपालको ९६ हजार ४ सय २५, नेपाल मजदुर किसान पार्टीको ५२ हजार ७६९, जनमत पार्टीको ५५ हजार ३३३, नागरिक उन्मुक्ति पार्टीको ५३ हजार ७८७, नेकपा (एस) को ४७ हजार ६२३ , लोकतान्त्रिक समाजवादी नेपालको ३७ हजार ५७६, हाम्रो नेपाली पार्टीको २४ हजार ८७२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।