नेप्से परिसूचकमा उल्लेख्य सुधार

नेप्से परिसूचकमा उल्लेख्य सुधार


ग्लोब नेपाल
378
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। नेप्से ३२.४३ अंकबाट बढेर १९६५.९८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ साथै, फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा यस दिन २३३ स्टकको ३१ हजार ९३ पटकको कारोबारमा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ। सो समीक्षा बजारमैत्री हुने अपेक्षामा यस दिन नेप्से उकालो लागेको जानकारहरु बताउँछन्।