थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार साँझ साढे ५ बजेसम्म ८८ लाख १० हजार १४२ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ८ हजार १०० मत पुर्‍याएको हो ।

त्यस्तै सोही समयमा एमालेले २४ लाख २३ हजार ३३५ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली काँग्रेसले २३ लाख ०३ हजार ६५७ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।

त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार कटाएर पाँचौँ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख २ हजार २५१ मत कटाएर छैटौँ, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३७ हजार ०४९ मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

समाजवादीपछि जनमतले २ लाख ३५ हजार १४४, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १०८ र लोसपाले १ लाख २२ हजार ७०३मत ल्याएका छन् ।