समानुपातिकमा एमालेले २५ लाख मत कटायाे, रास्वपा पुनः तेस्रो

समानुपातिकमा एमालेले २५ लाख मत कटायाे, रास्वपा पुनः तेस्रो


ग्लोब नेपाल
270
Shares

काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख २५ हजार ०९९ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ९२ हजार ७५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत प्राप्त गरेको छ ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४४ हजार ६३९ मत, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४६८ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले २ लाख ४९ हजार २९२ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९४२ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन् ।

यही मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।