गठबन्धन सरकार बनाउने तयारीमा देउवा

गठबन्धन सरकार बनाउने तयारीमा देउवा

बालुवाटारमा प्रचण्ड र माधव नेपालसँग छलफल


ग्लोब नेपाल
7.9k
Shares

काठमाडौँ । चुनावी परिणाम अन्तिम चरणमा पुगेपछि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुन: गठबन्धन सरकार बनाउने तयारी थालेका छन् । उनले सत्ता गठबन्धनका दलसँगको छलफललाई तीब्रता दिएका छन्।

आज सोमबार बिहान माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका देउवाले त्यस लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेका छन्। भेटमा समसामयिक राजनीतिबारेमा कुरा भएको बताइएको छ।

उनले सरकार गठनकै विषयमा गठबन्धन दलका नेतृत्वसँग एक चरण छुट्टाछुट्टै छलफल गरेर अनि गठबन्धन बैठक बोलाउने तयारी अनुरूप प्रचण्ड र माधव नेपालसँग संवाद गरेका हुन्।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ अब जम्मा ७ क्षेत्रको मात्र नतिजा आउन बाँकी रहेको बेला नयाँ सरकार गठन, प्रदेश सरकार गठन लगायतका विषयमा गठबन्धन दलका नेतासँग देउवाले संवाद गरेका हुन्। यसअघि शनिबार पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो।

चुनावी परिणामले गठबन्धन मिलेर जाने जनादेश दिएको भन्दै यही गठबन्धनले नयाँ सरकार बनाउने देउवाले बताइरहेका छन्।