अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः चार करोडभन्दा बढी दासताको सिकार

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः चार करोडभन्दा बढी दासताको सिकार


ग्लोब नेपाल
54
Shares

काठमाडौं। आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, “नेपालमा दासत्वको समकालीन रूपहरू उन्मूलन गर्दै” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा दास तथा दासता प्रथाको अन्त्य भए पनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपूर्ण बनिरहेको छ ।

विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न सन् १९४९ देखि हरेक वर्ष २ डिसेम्बरका दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गरेका थिए।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को पछिल्लो तथ्यांकअनुसार चार करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । आइएलओकाअनुसार आधुनिक समयमा पनि निकै धेरै मानिस दासताको सिकार भइरहेका छन् । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् ।

जनचेतनामूलक कार्यक्रम गाउँ गाउँमा पुर्‍याउन सकिने हो भने दासताका अनेक स्वरूपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।