प्रचण्ड र नेपालबीच भेटवार्ता, भेटमा के भयो ?

प्रचण्ड र नेपालबीच भेटवार्ता, भेटमा के भयो ?


ग्लोब नेपाल
84.8k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच अहिले भेटवार्ता जारी छ । ललितपुरको हात्तीवनमा उनीहरूबिच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि, आजै बिहान प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र प्रचण्डबिच बालुवाटारमा डेढ घण्टा छलफल भएको थियो । प्रचण्ड बालुवाटारबाट निस्किए लगत्तै अध्यक्ष नेपाल देउवासित छलफल गर्न बालुवाटार पुगेका थिए ।

देउवासित प्रचण्ड र नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेपछि सत्ता गठबन्धनमा आबद्ध दलका यी दुई नेता आपसमा छलफलमा जुटेका हुन् ।