समानुपातिकतर्फ १४ प्रतिशत मतगणना बाँकी

समानुपातिकतर्फ १४ प्रतिशत मतगणना बाँकी


ग्लोब नेपाल
5k
Shares

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १४ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९४ लाख आठ हजार ५ सय ८२ अर्थात् खसेको मतको ८६ प्रतिशत मतगणना भइसकेको छ ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन सङ्घर्षरत छ। एकीकृत समाजवादीले २ लाख ५८ हजार ४५ समानुपातिक मत पाइसकेको छ। ३ लाख २० हजारलाई थ्रेसहोल्ड मान्दा प्रत्यक्षतर्फ १० सिट जितेको उसले समानुपातिकतर्फ अरू ६२ हजार आसपास मत ल्याउनुपर्ने देखिन्छ।